काठमाडौं । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । होस्टेल वार्डेनले छात्राहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै अभिभावक आन्दोलित भएका थिए । काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेपछि अभिभावकहरुले आन्दोलन गरेका थिए ।
शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरुले आन्दोलन गरेका थिए ।
घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए ।