logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पुष्पकमल दाहाल र माधव नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाए: छविलाल विश्वकर्मा

    पुष्पकमल दाहाल र माधव नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाए: छविलाल विश्वकर्मा

    6.5K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दावी गरेका छन् । नेता विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताए ।

    १७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले भित्र प्रधानमन्त्री कसैलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिजाएको बताए ।

    स्थानीय तह निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend