logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्थानीय तह निर्वाचनको समिक्षा गर्नका लागि एकीकृत समाजवादीले खटायो सातवटै प्रदेशबाट पार्टीका शीर्ष नेता

    स्थानीय तह निर्वाचनको समिक्षा गर्नका लागि एकीकृत समाजवादीले खटायो सातवटै प्रदेशबाट पार्टीका शीर्ष नेता

    2.2K
    Shares

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समिक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ । शनिबार (आज) बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भिर ढंगले समिक्षा गर्न सही सूचनाको आवश्यक्ता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १÷१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो ।

    ५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्विनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भिर ढंगले छलफल गरिएको उनले बताए ।

    उपमहासचिव तुलाधरले भने, ‘बैठक स्थानीय तह निर्वाचनको समग्र समिक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरुको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरु प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरुलाई पाँच दिन भित्र त्यसको गम्भिर समिक्षा हुने गरी आवश्यक सूचना संकलन गर्न खटाउने निर्णय गरिएको छ ।’

    बैठकमा नेताहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend