logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै

    काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै

    2.2K
    Shares
    काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै

    काठमाडौं । आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ । नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ । यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ । यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रहि आएको छ । साथसाथै रोटीसहितका मिष्ठान परिकार समेत खाने गरिन्छ । सरसफाई गरिसकेपछि सो स्थानमा पुजाआजा पनि गरिन्छ । मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवा लगायतको सरसफाइ र पुजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउँछन् ।

    काठमाडौँ उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरुको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उनले दुःख व्यक्त गरे । हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरु बचाउन सकिएको भएपनि पानीको मुहान बिस्तारै सुक्दै गएको उनको भनाई छ । सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उनले बताए ।

    यस दिनमा भगवान शिवजीका पुत्र कुमारको पनि पुजाआजा गर्ने गरिएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend