logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रुपन्देही बस दुर्घटना: मृत्यु भएका ८ जनाको सनाखत

    रुपन्देही बस दुर्घटना: मृत्यु भएका ८ जनाको सनाखत

    2.5K
    Shares

     

    रुपन्देही । रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले बताए ।

    दुर्घटनामा परेर मृत्यु हुनेमा ३ जना भारतिय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ताको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल छन् । एकजना मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी रेग्मीले जानकारी दिएका छन् ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend