काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वातावरण विनाश हुनबाट रोक्न सबै नागरिक सजग र सचेत हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वातावरण विनाश हुनबाट रोक्न हामी एक्लैले केही गर्न नसकेपनि दुनियाँसँग मिलेर सहयोग गर्न सकिने बताएका हुन् ।
‘यस विषयमा विश्वका फोरमहरुमा नेपालले आफ्नो दृष्टिकोण स्पष्टताका साथ राख्न सक्नुपर्छ’, ओलीले भने, ‘नेपालका लिडरहरू विश्व फोरममा जाँदा पुरातनवादी ढंगले कर्मचारीले लेखिदिएका फरम्याट र वक्तव्यका आधारमा सहभागिता जनाउने मात्रै होइन, धेरै गम्भीरताका साथ सजग ढंगले प्रस्तुत हुनुपर्छ ।’