logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • यी कामले छोटो समयमै लोकप्रिय बनेका देउवा सरकारका एकमात्र मन्त्री प्रेम आले !

    यी कामले छोटो समयमै लोकप्रिय बनेका देउवा सरकारका एकमात्र मन्त्री प्रेम आले !

    5K
    Shares
    यी कामले छोटो समयमै लोकप्रिय बनेका देउवा सरकारका एकमात्र मन्त्री प्रेम आले !

    काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । तर बर्तमान शेर बहादुर देउवा नेतृत्वकै सरकारमा सबैभन्दा राम्रो काम गरेका पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई फिर्ता बोलाएपछी सर्वत्र आलोचना हुन् थालेको छ।

    पर्यटन मन्त्री आलेका कामले जनताले मात्र मन जितेको थिएन  एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष स्वयं माधवकुमार नेपालले पर्यटन मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै सरकारमा सहभागी अरु मन्त्री तथा प्रदेश प्रमुखलाई आलेले जस्तै काम गर्न सुझाएका थिए । यसले बुझिन्छ माधव नेपालको समेत मन्त्री आलेले  मन जितेका थिए।

    मन्त्री आलेले आफ्नो कार्यकालमा जनमुखी र आम नागरिकले अनुभूति गर्ने गरी एकपछि अर्को काम गरिरहेका थिए । उनी आफ्नो छोटो कार्यकालमा सरकारको खातामा क्यासिनोहरूबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेर चर्चा कमाउन सफल बने।

    त्यस्तै मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम आलेले ठाडो निर्देशनमा रोकियो। उक्त निर्णयले पुरातात्त्विक क्षेत्र मासेर बन्न लागेको रेस्टुरेन्ट रोकेको भन्दै उनको सर्वत्र प्रशंसा भयो ।

    पर्यटन मन्त्री आलेले  राम्रो काम गरेको भन्दै हास्य कलाकार दीपकराज गिरीले त फेसबुकमै लेखे  ‘सत्य बोल्नु पर्छ ‘मन्त्री पद बाट बिदाइ हुने क्रममा  रहेका  प्रेम आलेले  जनताको काम गर्नु पर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है ।’

    यसरी नै काम गरेरै जनताको मन जितेका आलेकै कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा शटल बस सेवा सञ्चालनमा ल्याए। त्यसले ट्याक्सीवालाबाट ठगीईरहेका जनतालाई ठुलो राहत मिल्यो।

    त्यसैगरी बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने भएको छ । आलेकै सक्रियतामा बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको थियो ।

    पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्ने व्यवस्था गरे । वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर बनाए । मन्त्री आलेकै निर्देशनमा नेपाल वायु सेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको थियो ।

    त्यस्तै आले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई उकास्न लागि परेका थिए । उनकै कार्यकालमा निगम र प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ ९डेन्जरस गुड्स० कार्गो ओसारपोसार सम्झौता भयो । जसले गर्दा ऋणमा रहेको नेवानी उकासिन मद्दत पुग्नेछ ।

    त्यतिमात्रै होइन मन्त्री आलेले बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिदिए । सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरे । कैलालीको धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend