धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख जोशीले आर्थिक वर्ष २०७८/२०७९ को १९ थरीका प्रगति विवरणसमेत पेश गरेका छन् ।