logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राजसंस्था पुनःस्थापना हुने सम्भावना समाप्त भइसक्यो, यो असम्भव एजेन्डा हो: कमल थापा

    राजसंस्था पुनःस्थापना हुने सम्भावना समाप्त भइसक्यो, यो असम्भव एजेन्डा हो: कमल थापा

    2.5K
    Shares

     

    मोरङ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना समाप्त भइसकेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष थापाले जनताको भावनालाई दृष्टिगत गर्दा राजसंस्था पुनः स्थापना हुने सम्भावना नभएको बताए ।

    उनले भने, ‘राजसंस्था ब्युँताउने सम्भावना छैन । यो असम्भव एजेन्डा बोकेर जनतालाई भुलाउने कार्य गर्नु हुँदैन ।’

    उनले राजसंस्थाको नाममा टाउकोमा कफन बाँधेर १५ वर्ष हिँडेको भन्दै राजसंस्थाबाट कुनै सकारात्मक कदम नभएको बताए। उनले भने, ‘जनता र राजनीतिक दलको मन जित्ने सकारात्मक काम राजाबाट हुन सकेन बरु राजतन्त्रको मुद्दा बोक्नेलाई पटक–पटक प्रहार मात्रै गरियो।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend