logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीको पाँच गोल

    एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीको पाँच गोल

    2.1K
    Shares
    एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीको पाँच गोल

    एजेन्सी । कप्तान लियोनेल मेस्सी एक्लैले पाँच गोल गरेपछि एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जीत हासिल गरेको छ । केही दिन अघिमात्र युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीचको फाइनालिस्मामा इटालीलाई ३–० ले हराएको अर्जेन्टिनाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेको हो ।

    आइतबार राति भएको खेलमा मेस्सीले खेलको सुरुवातमा पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा तीन गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३४ वर्षीय खेलाडीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको पहिलो पटक हो । यसअघि बार्सिलोनाका लागि उनले बायर लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।

    योसँगै अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल सङ्ख्या ८४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको ११७ गोल रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend