काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुईजना युवा युवती मृत भेटिएका छन् । अन्दाजी २२–२३ वर्षका देखिने युवा–युवतीको शव सोमवार दिउँसो फर्पिङमा भेटिएको सूचना आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
शवको पहिचान खुलेको छैन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं परिसरको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।