logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको छ, मन्त्री बन्न खास योग्यताको जरुरी छैन: सांसद राम कार्की

    आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको छ, मन्त्री बन्न खास योग्यताको जरुरी छैन: सांसद राम कार्की

    2.9K
    Shares

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले नेताहरुले आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गरे । सम्बन्धित विषयको ज्ञान भएको मान्छेलाई मन्त्री बनाउने परिपाटी नभएको र मन्त्री बन्न खास योग्यताको जरुरी नपरेको प्रति उनले असन्तुष्टि जनाए ।

    नेताहरुले राम्रो काम गर्ने मान्छेलाई मन्त्री नबनाएर आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउनु अप्रजातान्त्रिक र दुखद कुरा भएको उनको भनाई छ । उनले भने – ‘सबैलाई पालो दिदै राम्रो हुन्छ । त्यो त अब संसदीय दलको नेतालाई थाहा होला । मन्त्री बनाउँदाखेरी नेताहरुले प्यारो मान्छेलाई बनाउने चलन सुरु भएको छ । प्यारो हुन जो पनि चाहान्छ । यो मैले चलाउन सक्दिनँ कोही भन्दैन । कुनै एउटा विषयप्रतिको ज्ञाता मान्छे खोज्ने, अथवा आफ्नै पार्टीभित्र पनि त्यस्ता मान्छेहरुको छनौट गर्ने परिपाटी रहेन । स्वभाविक रुपमा त्यो बेथिति मन्त्रिपरिषद्मा पनि देखा पर्छ । खास मन्त्री हुनको निम्ति खास योग्यताको जरुरी नपरेपछि सांसदले मन्त्री बन्न पाइहाल्छ । यहाँ त सांसदभन्दा बाहिरबाट पनि मन्त्री बनाइराख्नु भएको छ नेताहरुले । त्यसले गर्दाखेरी पर्फमेन्स गर्न सक्ने क्यापेबल मान्छे भन्दापनि नेताहरुको प्रियलाई बनाउने चलन भनेको अप्रजातान्त्रिक कुरा हो । दुखद कुरा हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend