काठमाडौं । स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै रोक लगाएका हुन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच सोमबार बेलुका भएको सहमति अनुसार मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको हो ।
तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । काठमाडौं महानगरपालिका स्रोतका अनुसार उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको बताइएको छ ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।