काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन् । यद्यपि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने उनको सुझाव छ ।
उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्लाई जानकारी गराइदिन पनि सहरी विकास मन्त्रीलाई आग्रह गरेका छन् ।
नेता सांसदले फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रसंसा गर्दै पछिल्लो समय देखिएको समस्याबारे जानकारी दिन आग्रह गरेका हुन् । उनले मंगलबार संसदमा यस्तो बताएका हुन् ।