logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    उच्च अंकले घट्यो सेयर बजार

    उच्च अंकले घट्यो सेयर बजार

    2.3K
    Shares

    काठमाडौं । सेयर बजारको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन थप ४५.५९ अंकले घट्दै नेप्से सूचक २ हजार २०.२३ अंकमा झर्न पुगेको हो । यता क वर्गको सेन्सेटिभ्स् समेत आज ११.२४ अंकले घट्दै ३८९.१२ अंकमा झर्न पुगेको छ । समग्रमा आज नेप्से सूचकमा २.२१ प्रतिशतको गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    आज १३ वटै उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । बैंकिङ समूहको उपसूचकमा २.७२ प्रतिशतको गिरावट आएको छ भने डेभलपमेन्ट बैंकमा २.४६ प्रतिशतले, फाइनान्स समूहमा २.४५ प्रतिशत, म्यानु एण्ड प्रो समूहमा २.७४ प्रतिशतले, इन्भेष्टमेन्ट समूहमा २.२९ प्रतिशतले र अन्य समूहमा २.०७ प्रतिशतले गिरावट आएको छ ।

    यस्तै, ट्रेडिङ समूहमा १.७७ प्रतिशतले, होटल तथा पर्यटन समूहमा १.७२ प्रतिशतले, हाइड्रोपावर समूहमा १.९७ प्रतिशतले, निर्जीवन बीमा समूहमा १.६५ प्रतिशतले, माइक्रोफाइनान्स समूहमा १.६१ प्रतिशतले, जीवन बीमा समूहमा ०.९ प्रतिशतले र म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशतले गिरावट आएको छ ।

    २३४ कम्पनीका ३८ लाख ८७ हजार कित्ता माथिको सेयर बजारमा करिब २९ हजार पटक किनबेच हुँदा जम्मा १ अर्ब ३१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend