logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था, ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने

    जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था, ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने

    2.4K
    Shares
    जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था, ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था लागू गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै अबदेखि काठमाडौंमा घर बनाउने प्रयोजन लागि एक सय ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था लागू गरेको हो।

    नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम ४ आना चाहिने छ ।

    त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend