logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काँग्रेसका सांसदद्धारा उपसभामुख पद खारेज गर्न माग

    काँग्रेसका सांसदद्धारा उपसभामुख पद खारेज गर्न माग

    2.3K
    Shares

     

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढछ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे ।

    उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ती भएन पनि उनले प्रश्न समेत गरे । सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराए । सरकारलाई नचाहिने यो समिति राखिरहनुको औचित्य नभएको उनको दावी छ ।

    सांसद सिंहले भने, ‘बास्तवमा हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं । यहाँ यदि उपसभामुख चाहिएन भने उपसभामुख पदनै खारेज गरांंै । चाहियो भने उपसभामुख नियुक्ती आजसम्म किन भएन ? उपसभामुखको कारणले खर्च बढछ भने उपसभामुख पद खारेज गरौं । दोस्रो, प्रतिनिधिसभा अन्तरगतकै राज्य व्यवस्था तथा सुशासन समिति छ । त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गरांैं । त्यहाँ रहनु भएका सांसदहरुलाई अर्को समितिमा पठाउन पनि म सभामुखजीलाई आग्रह गर्दछु । यी दुईटाको औचित्य र आवश्यक छैन भने किन राख्ने ? उपसभामुख पद पनि हटाऔं । राज्य व्यवस्था समिति पनि हटाऔं । किनकी सरकारलाई त यी समितिहरु चाहिँदै चाहिदैन । तेस्रो कुरा, बागमतीको सर्लाहीको बरहथवा वडा नम्बर १ मा बागमतीको कटान तीव्र रुपमा भईरहेको छ । त्यहाँ तत्काल तटबन्ध भएन भने हजारौं जनता उठिबास लाग्ने देखिन्छ ।’

    सांसद सिंहले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवा वडा नम्बर १ को बस्ती जोखिममा परेको भन्दै त्यसको सुरक्षाका लागि तत्काल तटबन्ध निर्माण गर्न सरकारलाई दवाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend