logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्छ: पद्मा अर्याल

    प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्छ: पद्मा अर्याल

    2.1K
    Shares

    काठमाडौ । नेकपा(एमाले)की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बतााएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पर्याइनुपर्ने बताएकी हुन् ।

    संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरीकन राखिरहनु नहुने उनले बताईन् । उनले भनिन्– ‘वास्तवमा महाअभियोग लगाइसकेपछि कानूनत्ः, संविधानत्ः जे व्यवस्था छ । त्यसलाई त पुरा गर्नुपर्यो नि प्रक्रिया । त्यसैले संसदबाट ल्याएर छलफल गरेर जे टुंगो गर्ने हो, गर्नुपर्छ । त्यतिखेर एउटा उद्देश्य पूर्तिको निम्ति महाअभियोग लगाउने । मान्छेको जिवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? त्यसैले कि दर्ता गर्नु हुन्थेन । हामी नेकपा(एमाले)ले त त्यतिबेलै भनेका थियौँ । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पुरा गर्नको निम्ति ल्याएको हो भनेर जे भनेका थियौँ त्यो कुरा आज पुष्टि भएको छ । त्यसैले फेरीपनि हाम्रो कुरा के छ भने कि लगाउनु हुन्थेन । लगाइसकेपछि संसदमा ल्याएर, छलफल चलाएर , जे टुंगो गर्ने हो टुंगो गर्नुपर्छ भन्ने हो हाम्रो कुरा । यो कानूनसम्मत् कुरा हो ।’

    सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पुरा गर्नका निम्ति ल्याइएको बताईन् । उनले महाअभियोग लगाइसकेपछि कानूनसम्मत् रुपमा अगाडी बढ्नुपर्ने बताईन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend