logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • किसानलाई रासायनिक मल दिन नसक्दा किसानको आँसुले हामीलाई पोल्नेछ: गगन थापा

    किसानलाई रासायनिक मल दिन नसक्दा किसानको आँसुले हामीलाई पोल्नेछ: गगन थापा

    2K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले रासायनिक मल दिन नसक्दा किसानको आँसुले पोल्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले किसानलाई मल दिन नसक्दा उनीहरूको आँसुले पोल्ने बताएका हुन् ।

    उनले सरकारले मल दिन नसकेपछि भारतबाट किसानले आफैँ मल ल्याउँदा उनीहरूले ल्याएको मल खोसेर सरकारले बहादुरी देखाउने गरेको स्मरण गरे । ‘हामी मल दिन सक्दैनौं । उनीहरू आँफैले पारिबाट ल्याएको मल खोसेर पोखिदिन्छौँ,’ थापाले भने, ‘हामीलाई उनीहरू (किसान) को आँसुले पोल्छ ।’

    थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिईदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै महामन्त्री थापाले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्न, आवश्यक कानुनी प्रबन्ध मिलाउने काममा विशेष पहल गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् ।

    उनले सो अभियानमा साथ दिन काठमाडौं महानगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरु र महानगरबासीसँग पनि अपिल गरे । महानगरबासीले कुहिने र नकुँहिने फोहोर छुट्टाछुट्टै रुपमा राखि दिन र त्यहाँका जनप्रतिनिधिहरुले त्यसका लागि आवश्यक सूचना पु¥याउन सकेमात्रै काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान सफल हुने महामन्त्री थापाको भनाई थियो ।

    उनले भने, ‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन । कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्मानीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ । यसका लागि म सम्माननीय प्रधानमन्त्रीजीलाई विशेष पहलकदमी लिन आग्रह गर्न चाहन्छु । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगसँगै हामी नगरबासीले पनि केही कामहरु गर्नुपर्नेछ ।

    यसका लागि श्रावण १ गतेबाट स्रोत मा नै कँहिने र नकुँहिने अनिवार्य रुपमा छुट्टयाउनका निम्ति काठमाडौं महानगरपालिकाले जुन अपिल गरेको छ । काठमाडौं महानगरबासी भएको नाताले र यस क्षेत्रको एउटा सांसद भएको नाताले काठमाडौं महानगरपालिकाको यो फोहोरमुक्त काठमाडौं बनाउने अभियानमा सम्पूर्ण महानगरबासीलाई साथ दिनका लागि हार्दिक अनुरोध गर्दछु । र यो कार्यक्रमलाई सफल बनाउनका निम्ति काठमाडौं महानगरपालिकासँग जोडिएका अन्य नगरहरुले पनि काम गर्नु पर्नेछ । र, सम्पूर्ण वडाहरुले यो बीचमा धेरै तयारीहरु गर्नुपर्नेछ । संघ, संस्थाहरुलाई परिचालन गर्नुपर्नेछ । घरघरमा खवर पु¥याउनुपर्नेछ । केही पूर्वाधारहरु बनाउनु पर्नेछ । यो काममा सम्पूर्ण वडा तहका जनप्रतिनिधिहरुलाई पनि सँगसँगै काम गर्ने कुराका लागि पनि म हार्दिक अपिल गर्न चाहन्छु ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend