logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गछौं: अर्थमन्त्री शर्मा

    समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गछौं: अर्थमन्त्री शर्मा

    2.2K
    Shares

     

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन् ।

    अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले पुँजीबजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीहरुको समस्यालाई सरकारले गम्भिरताकासाथ हेरर अनुगमनसमेत गरिरहेको बताए । मन्त्री शर्माले पुँजीबजारलाई व्यवस्थित गर्ने बारेमा सरकार चिन्तित रहँदै आएको पनि स्पष्ट पारे । उनले अहिले देखिएका पुँजीबजारका समस्या समितिले दिएको सुझावको आधारमा सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाए । मन्त्री शर्माले अर्थ मन्त्रालयले निरन्तररुपमा इमान्दारीताका साथ पुँजीबजार लगानीकर्ताहरुको रक्षाको लागि काम गरिरहेको पनि दाबी गरे ।

    उनले भने, ‘आज पुँजीबजारमा संग्लन हुनुभएका हजारौं व्यक्तिहरु सयौं कम्पनीहरु छन् । यहाँहरुको समस्याहरुलाई हामीले हेरिरहेका छौं । अनुगमन गरिरहेका छौं । कसरी पुँजीबजारलाई व्यवस्थित बनाउने भन्ने कुरामा हामी पनि चिन्तित छौं । सोही सन्दर्भमा अहिले पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न सुझाव प्रश्तुत गर्नका लागि आजैमात्र हामीले राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र हामी बसेर धितोपत्र बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेका छौं । त्यसले दिएका सुझावहरुको आधारमा त निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरेका छौं । हामी निरन्तर लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमान्दारीताकासाथ लागि रहेका छौं । हामी सबैको क्षमता बढाउनु जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend