logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लगातार ओरालो लागेको शेयर बजार आज ६० अङ्कले बढ्यो

    लगातार ओरालो लागेको शेयर बजार आज ६० अङ्कले बढ्यो

    2.4K
    Shares

     

    काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।

    सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीको ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । जम्मा सात वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

    पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको र धितोपत्र बोर्डको वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री लगायत सरोकारवालाले पुँजी बजारप्रति देखाएको चासो र घट्दै गएकोमा चिन्ता व्यक्त गरेकाले बजार बढेको विश्लेषकहरूले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend