logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लोसपालाई अफरै अफर

    लोसपालाई अफरै अफर

    2.2K
    Shares
    लोसपालाई अफरै अफर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्।

    प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए। यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो,ु लोसपाका एक नेताले भने, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं । त्यसका लागि सबै काँग्रेस, एमाले र जसपा सँग कुरा भइरहेको छ। ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend