काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
किशोर सदाकी छोरी ६ वर्षीया आँचलको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ। रासस