logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठकको शुन्य समय: कसले के भने ?

    राष्ट्रिय सभा बैठकको शुन्य समय: कसले के भने ?

    2.1K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले तराईमा तरकारी खेतीका लागि प्रतिवन्धित गरिएको विषादी प्रयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले तराईमा तरकारी बालिमा सरकारले प्रतिबन्ध गरेको विषादीको प्रयोग बढेको बताईन् । उनले प्रतिबन्धित विषाधी प्रयोगमा रोग लगाउन सरकारसँग माग गरिन् ।

    राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न तालिमको नाममा अल्झाउने काम नगर्न सरोकारवालाहरुलाई आग्रह गरे । उनले गोष्ठि र उद्घाटनको नाममा कार्यालय छाडेर हिड्ने परम्परा राज्यका हरेक निकायमा रहेको उल्लेख गर्दै अनावश्यक गोष्ठि र उद्घाटनमा नरमाउन पनि आग्रह गरे ।

    राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताईन् । उनले भनिन् – ‘शिक्षाको ठुलो भार वहन गरी सामुदायिक विद्यालय पाठ्यपुस्तक अभावको कारण सम्बन्धित विद्यार्थी र अभिभावकहरुले प्रश्न गरिरहेका छन् । सरकार पुस्तक कहिले सम्म पाइन्छ ? अझै लामो समय विद्यार्थीको हातमा पुस्तक पाइने अवस्था छैन । यो अवस्था किन र कसको कारणले ? कसको कमजोरीले भएको हो ? तुरुन्त छानविन गरियोस् । कमजोरी गर्ने निकायले जिम्मेवारी लिनुप¥यो । छपाई र वितरणको जिम्मेवारी जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र किन गैरजिम्मेवार बन्दैछ ? शिक्षा मन्त्रालय किन मौन बस्दैछ ? शिक्षामन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।’

    उनले मनसुनको पूर्वतयारी र विपत प्रतिकार्य योजनाका लागि सरकारले के गरिरहेको छ सो विषयमा गृहमन्त्रीले राष्ट्रिय सभामा आएर जवाफ दिन माग गरिन् ।

    राष्ट्रिय सभा सदस्य नन्दा चपाईले गाउँमा उत्पादित तरकारी र फलफुल ढुवानी गर्न समस्या भएको उल्लेख गर्दै शहरमा ढुवानी गरेर ल्याउनका लागि सबै स्थानीय तहमा कृषि एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

    राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले काठमाडौंमा फोहोरको डंगुर थुप्रिएको उल्लेख गर्दै यसले महानगर र सरकारलाई गिज्याइरहेको टिप्पणी गरे । उनले काठमाडौँबासिलाई सभ्य हुन र ल्याण्डफिल साइटका जनतालाई संयमित हुन अनुरोध गरे । फोहोर व्यवस्थापनका लागि तिनै तहको सरकार जिम्मेवार हुनुपर्ने उनले बताए । उनले भने– ‘फोहोरको डंगुर भएको काठमाडौं । महानगर र सरकारलाई गिज्याइरहेको । राजधानीबासि सभ्य हुन सिक्नुहोस् । ल्याण्डफिल साइटका जनताहरु संयमित हुन सिक्नुहोस् । तिनै तहको सरकारहरु जिम्मेवार र जवाफदेहि हुन सिक्नुहोस् । समस्याको जगमा उभिएर काम गर्नुहोस् । सँगसँगै अगाडी बढ्नुहोस् । प्रभावित जनताको माग पनि सुन्नुहोस् ।’

    राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गत वर्ष असोजमा प्राकृतिक प्रकोपबाट क्षति भएको धानको क्षतिपुर्ति सरकारले दिने भनेपनि हालसम्म नदिएकाले किन ढिलो भएको भनि सरकारको ध्यानाकर्षण गराए ।

    राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले त्रिभुवन राजपथ अलपत्र परेको भन्दै सो सडकलाई मर्मत गरेर सञ्चालन गर्नुपर्ने बताए । त्यसैगरी काठमाडौं आवत्जावत्का लागि मदन भण्डारी मार्ग र कुलेखानी मार्गलाई पनि मर्मत सम्भार गर्नुपर्ने उनले बताए ।

    राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले विपद्को पूर्वतयारी के गरिरहेको छ भन्ने प्रश्न गरिन् । उनले आगामी दुई हप्ता विपद्को तयारी गर्नको लागि स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सुरु गर्न सरकार सँग माग गरिन् ।

    राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले राहदानी विभागलाई ईपासपोर्ट जारी गर्ने सेवालाई विस्तार गर्नुपर्ने बताए । सेवा विस्तार नहुँदा सेवाग्राहीले झन्झट बेहोर्नु परेको उनले उल्लेख गरे ।

    उनले विभागको काम सुस्त हुने गरेको र विचौलियाहरुले घुस लिने दिने विकृति निम्त्याएको पनि बताए । उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend