काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला बि.क.ले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गरेकी छन् । उनले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गरिन् ।
उनले भनिन् – ‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदी किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस् ।’