logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ: जीवनराम श्रेष्ठ

    फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ: जीवनराम श्रेष्ठ

    1.8K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डपिल्ड साइटका बासिन्दाहरुलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताए । उनले काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ । काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्याण्डफिल्ड साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरु हुनुहुन्छ तपाईहरुले भोग्नुभएको समस्या पनि कम छैन । यसको स्थायी समाधान नखोजिकन हुँदैन । सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनाँै ।’

    नेता श्रेष्ठले कानूनि रुपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताए । उनले सरकारसँग भएका विभिन्न सम्झौताहरुलाई समयमै कार्यान्वयन गर्नेकुरामा गम्भीर हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend