logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघर्ष समितिले आन्दोलन स्थगित, बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

    संघर्ष समितिले आन्दोलन स्थगित, बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

    2.2K
    Shares

     

    काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगेका टिपहरुले फोहोर फाल्न सुरु गरेका छन् । माग पूरा नभइन्जेल आन्दोलन नछाड्ने अडान राख्दै आएको बञ्चरेडाँडा पीडित संघर्ष समितिले आन्दोलन स्थगित गरेर वार्तामा आएसँगै काठमाडौंबाट लगिएको फोहार बञ्चरेडाँडामा फाल्न सुरु गरिएको हो ।

    सोमबार शहरी विकास मन्त्री, काठमाडौं महानगरपालिका मेयर तथा उपमेयरलगायतको रोहबरमा बञ्चरेडाँडामा फोहार फाल्न सहमति गरिएको थियो । तर, उक्त सहमतिसँगै फोहोर फाल्न पुगेका टिपहरुलाई स्थानीय माग पूरा नहुन्जेल फोहोर फाल्न नदिने भन्दै विरोध जनाएका थिए ।

    स्थानीयको विरोधपछि प्रहरी नै त्यहाँ परिचालन गरिएको थियो । फोहोर फाल्न असहमतसँगै स्थानीय प्रहरीमाथि ढुंगामुढामा उत्रिएका थिए भने प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend