logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • फ्रान्स रोकियो, क्रोयसियाको जित

    फ्रान्स रोकियो, क्रोयसियाको जित

    3.1K
    Shares
    फ्रान्स रोकियो, क्रोयसियाको जित

    काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ ।

    समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाँड्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे । यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए ।

    यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो बराबरी हो ।

    यस्तै, समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित  गर्‍यो  । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।

    यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र क्रोयसिया तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend