logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जनतालाई देउवा सरकारको उपहारः दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर

    जनतालाई देउवा सरकारको उपहारः दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर

    2.3K
    Shares

    काठमाडौँ । मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिँदै गएको तथ्यांकले देखाएको छ। नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने अधिक हुँदा शोधनान्तर स्थितिमा झन् दबाब परेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो।

    प्रतिवेदनअनुसार शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ। जबकि गत आर्थिक बर्षको सोही अवधिमा ७ अर्ब ७५ करोडले बचतमा थियो। चालू खाता पनि ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ। गत आवको सोही अवधिमा २ खर्ब ५१ अर्ब २९ करोड मात्रै घाटामा थियो। ‘शोधनान्तर स्थितिको दबाब कायमै रहेको, विदेशी विनिमय सञ्चितिमा पनि दबाब यथावतै रहेको र मुद्रास्फीति अचाक्ली बढेकाले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थपेको हो,’ राष्ट्र बैंंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, ‘यद्यपि रेमिट्यान्स सामान्य अवस्थामा वृद्धि भई गत आवकै स्तरमा आएकाले झिनो आशा गर्न सकिन्छ।’ अब मौद्रिक नीति पनि समष्टिगत आर्थिक व्यवस्थापनमा चनाखो हुने गरी ल्याउन जरुरी भएको उनले बताए।

    वैशाखमा घिउ तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदाथको मूल्य अत्यधिक बढेको छ। सो वस्तुको महँगी अचाक्ली बढेकाले समग्रमा मुद्रास्फीति चुलिएको छ। यसमध्ये पनि घिउ तथा तेलको मूल्य मात्रै २४.६ प्रतिशत बढेको छ। यसपछि क्रमशः फलफूलको १२।६१, दुग्ध पदार्थ तथा अन्डा ११.३, दाल तथा गेडागुडीको १०.५३, र सुर्तीजन्य पदार्थको ९.७० प्रतिशतले मूल्य बढेको छ। साथै, यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१, ११.६४ र ८.२१ प्रतिशत छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend