काठमाडौं । गायक नारायण गोपालको कालजयी गीत ुएउटा मान्छेको मायाले।।।’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा(यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।
विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा(यो ।
स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो । दिउँसो ११ बजेतिर उनि त्रिशूली गाउँपालिका–४ मा रहेको बिजुलीको टावरमा चढ्नुभयोे । उनको आठ घण्टामा उद्धार भयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।