logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द हुने

    मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द हुने

    2.1K
    Shares
    मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द हुने

    काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द भएको छ ।

    ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने छ ।

    नयाँ टावरमा तार टाँग्नका लागि लाइन बन्द (सट डाउन) गरिएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढालेको थियो । त्यही ढलेको टावरको ठाउँमा नयाँ निर्माण गरिएको हो ।
    पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

    प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।

    करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend