logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौँको फोहोर उठ्नथालेपछि गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा

    काठमाडौँको फोहोर उठ्नथालेपछि गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा

    2.4K
    Shares
    काठमाडौँको फोहोर उठ्नथालेपछि गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँको फोहोर उठ्न थालेकामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् । उनी काठमाडौँको क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पनि हुन् ।

    सामाजिक सञ्‍जालमा उनले फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नलाई सुझाएका छन् ।

    शहरी विकास मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्‍त रहेको थापाले उल्लेख गरे । उनले सम्झौतालाई अक्षरस र समय सिमाभित्र कार्यान्वयन गर्नलाई सुझाव दिए ।

    सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ,उनले लेखेका छन्, सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ति मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ ।

    सिसडोलको जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउनुपर्ने थापाले बताए । उनले कानून बमोजिम तोकिए अनुसार आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

    फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक रहेको उनले बताए । सिसडोलमा उपत्यकाको काठमाडौँ महानगरबाहेक अन्य १७ स्थानीय तहको फोहोर जाने गर्छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend