logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभाको शुन्य समय: कसले के भने ?

    प्रतिनिधि सभाको शुन्य समय: कसले के भने ?

    2.3K
    Shares
    प्रतिनिधि सभाको शुन्य समय: कसले के भने ?

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुननिर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भुक्षय र पहिरोको जोखिममा रहेकाले ति क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन् । उनले भनिन्– ‘प्रकोप निराकरण र व्यवस्थित पुनर्निमाणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु । भुक्षय र पहिरोबाट कास्की क्षेत्र नं. २ अन्र्तगत दोबिला, दम्सादी, छोरेपाटन, भलाङ, अर्मला क्षेत्रहरु अत्यन्तै जोखिममा छन् । यि क्षेत्रहरुको तत्काल संरक्षण र दिगो विकासका कार्यक्रम र योजना ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।’

    प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताईन्े । उनले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयमा सहयोग पु¥याउन अनुरोध गरिन् ।

    प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गरिन् । उनले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरु चिन्तित हुनुपरेको बतताईन् । उनले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमाना दुख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराईन् ।

    प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनीकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सबै सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गरे । उनले भने– ‘वर्षेनी हुने दुर्घटनाहरुलाई न्युन गर्न संघ, प्रदेश र स्थानीय तहबाट निर्माण गरिने सडकको मापदण्डको प्रभावकारी कार्यान्वयन र हरेक वडाको केन्द्र सम्ममा सबै मौसममा यातायात सुचारु हुनसक्ने गरी सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न म विशेष आग्रह गर्दछु । साथै मनसुन सुरु हुदैछ । विपतको रोकथाम, उद्धार र पुर्नस्थापनाको लागि पूर्वतयारीको कामहरु के कस्तो भइरहेको छ यस बारेमा आवश्यक सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु ।’

    प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताए । उहाँले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गरे ।

    उनले भने, ‘नेपाल सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा ग¥यो । सबै संकटग्रस्त जिल्ला घोषणा गर्दा विश्व बैंकबाट करिब साढे ६ अर्ब भन्दा बढी पैसा प्राप्त गरेको देखिन्छ । तर त्यो क्षेत्रमा अहिलेसम्म कुनै काम गरिएको छैन । अहिलेपनि ३ वटा पालिकामा कनेक्टिभिटी नै टुटीसकेको छ । यो रकम अन्तै तलव, भत्तामा खर्च ग¥यो कि ? जिल्लाका नाममा आएको पैसा त्यही खर्च गरियोस् ।’

    प्रतिनिधि सभा सदस्य डा. सुर्यप्रसाद पाठकले दलितहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गरे ।

    उनले कामी, दमाई, सार्कीले आफ्नो थर राखि नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend