logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन सकेन: अनिलकुमार झा

    सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन सकेन: अनिलकुमार झा

    2.1K
    Shares

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन नसकेको बताए । उनले बजेट निर्माणमा सांसदहरुको भुमिका हुन नसकेको बताए ।

    बजेट निर्माणमा सांसदहरुको पनि सक्रिय भुमिका बनाउन संसद र सरकारले ध्यान दिनुपर्ने उनले बताए । उादे भने– ‘जनताबाट प्रत्यक्ष निर्वाचित हुने सबभन्दा ठुलो जिम्मेवारीको पद मानिन्छ ति सांसदहरुको यो बजेट निर्माणमा के भुमिका छ ? कुनै भुमिका छैन । सांसदहरुले के यो बजेटको किताबमाथि मेरो पनि यसमा संलग्नता छ, मैले भनेका चिजहरुपनि यसमा संलग्न छन् भन्ने कुनै ठाउँ छ ? कुनैपनि ठाउँ छैन । त्यसैले सम्पूर्ण सांसदहरुको, सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ । म बडो लज्जासाथ भन्न चाहान्छु कतिपय मामिलामा आजका हामी सांसदहरुभन्दा वडाअध्यक्षहरुलाई आम जनताले बढी एक्टिभ हेर्दछ । यो ग्राउन्ड रियालिटी हो । यो कुरालाई यो संसदले यो सरकारले नोट गर्नुपर्दछ ।’

    सांसद झाले स्वास्थ्य बीमा गर्ने बिरामीहरु उपचारका लागि जुन स्वास्थ्य संस्था पुग्छन् बीमा कार्यान्वयन सोही संस्थामा हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend