logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

    हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

    3.5K
    Shares
    हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

    रासस/सिन्ह्वा । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टरपछि भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन् ।

    शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाई छ । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

    मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए ।

    दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend