logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री झाँक्रीलाई गंगा चौधरीले भनिन्: आफूजस्तै सुन्दर सहर बनाउने दायित्व बोध गर्नुस्

    मन्त्री झाँक्रीलाई गंगा चौधरीले भनिन्: आफूजस्तै सुन्दर सहर बनाउने दायित्व बोध गर्नुस्

    2.6K
    Shares
    मन्त्री झाँक्रीलाई गंगा चौधरीले भनिन्: आफूजस्तै सुन्दर सहर बनाउने दायित्व बोध गर्नुस्

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई सांसद गंगा चौधरीले आफूजस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनले ‘लिपस्टिक लगाएर सुन्दरी बन्ने’ भन्दै व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन् ।

    ‘ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ,ु उनले भनिन्, ुआज काठमाडौं सहरमा दुर्गन्ध फैलिएको छ। तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस्। २० करोडको लगानीमा फोहोरबाट वैकल्पिक ऊर्जा निकालिएको छ। काठमाडौंमा ४० करोड लाग्ला।’

    कागजको खोस्टोमा लेखेर सुन्दर सहर नबन्ने बताउँदै उनले आफूजस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend