logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

    चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

    1.9K
    Shares
    चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

    काठमाडौं । यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ । समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो ।

    स्पेनको जितमा कार्लोस सोलर र पाब्लो सरवियाले एक(एक गोल गरे । कार्लोसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए ।

    ७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ ।

    लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend