logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • निर्वाचन आयोगको निर्देशन–भ्रष्टाचारको आरोप लागेका मोहन्याल गाउँपालिका अध्यक्षलाई पदीय अधिकार प्रयोग गर्न नदिनु

    निर्वाचन आयोगको निर्देशन–भ्रष्टाचारको आरोप लागेका मोहन्याल गाउँपालिका अध्यक्षलाई पदीय अधिकार प्रयोग गर्न नदिनु

    1.7K
    Shares
    निर्वाचन आयोगको निर्देशन–भ्रष्टाचारको आरोप लागेका मोहन्याल गाउँपालिका अध्यक्षलाई पदीय अधिकार प्रयोग गर्न नदिनु

    काठमाडौं । निलम्बनमा परेका कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

    आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्वाचन आयोगले पत्र पठाउँदै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो।

    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगबाट पदको कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन आएको बताइएको छ । उनले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि पनि मताधिकार प्रयोग गर्न पाउने छैनन् ।।

    ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दा किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेका व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा भनिएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend