logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कैलालीमा काँग्रेस र एमालेका दर्जनभन्दा बढी नेता कार्यकर्ता रेशमको पार्टीमा प्रवेश

    कैलालीमा काँग्रेस र एमालेका दर्जनभन्दा बढी नेता कार्यकर्ता रेशमको पार्टीमा प्रवेश

    1.8K
    Shares
    कैलालीमा काँग्रेस र एमालेका दर्जनभन्दा बढी नेता कार्यकर्ता रेशमको पार्टीमा प्रवेश

    काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका जिल्लास्तरका दर्जनौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। टीकापुरमा आइतबार आयोजित कार्यक्रममा काँग्रेसका महासमिति सदस्य एवं जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी र महासमिति सदस्य अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

    उनीहरुले आइतबार मात्रै काँग्रसको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए। एमालेका नेता एवं निर्वाचन आयोग सदस्य केवलाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराएकी थिइन् ।

    कार्यक्रममा माधव प्रसाद चौधरी, सचिन चौधरी, जंगबहादुर चौधरी, कुकुलाल चौधरी, वीरबहादुर चौधरी, भुश चौधरी, दीपक चौधरी, रामलाल चौधरी, दिलबहादुर चौधरी, नविन चौधरी, लालविर चौधरी, देशराम थारुलगायत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको नेता महेन्द्र उपाध्यायले बताए ।

    महासमिति सदस्यहरु नै पार्टी छाडेपछि कैलालीको दक्षिण पूर्व क्षेत्रमा काँग्रेसलाई धक्का लागेको छ । काँगेस केन्द्रीय नेता रामजनम चौधरीको क्षेत्रमा पार्टी छोड्नेको लहर चलेको छ । स्थानीय तह निर्वाचनमा पनि काँग्रेसका धेरै कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

    काठमाडौंको डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले स्थापन गरेको नागरिक उन्मुक्ति पार्टीमा काँग्रेस, एमाले र माओवादीका कैलालीका नेता कार्यकर्ता प्रवेश गर्ने लहर चलेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend