logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले देउवालाई बोलाउने

    अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले देउवालाई बोलाउने

    3.1K
    Shares
    अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले देउवालाई बोलाउने

     

    काठमाडौं । अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनु भयो । उहाँले समितिको बैंठकमा परराष्ट्र नीति कार्यान्वयको विषयमा छलफलको शुरुवात गरेको बताउनु भयो । सभापति निरौला खरेलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताए ।

    उनले भने, ‘ आज हामीले अत्यन्तै गम्भिर छलफल गरौं र केही विषय टुङ्गोमा पुग्न सकेको छैन । हाम्रो शुरुवात हो । परराष्ट्र नीति कार्यान्वयनको सन्र्दभमा बैठक शुरुवात गरेका छौं । यो विषयमा सबै मान्यसदस्यहरुले स्पष्ट पार्नु भएको छ । आगामी दिनमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ ।’

    प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend