logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • संसदमा मल अभाव बारे धुवाँदार छलफल, कृषिमन्त्री मस्त निन्द्रामा

    संसदमा मल अभाव बारे धुवाँदार छलफल, कृषिमन्त्री मस्त निन्द्रामा

    2.7K
    Shares
    संसदमा मल अभाव बारे धुवाँदार छलफल, कृषिमन्त्री मस्त निन्द्रामा

     

    काठमाडौं । नेकपा एमालेका सांसदहरुले रासायनिक मलको अभावबारे छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि अहिले संसदमा छलफल भईरहेको छ ।

    प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री भने मस्त निन्द्रामा भेटिएका छन् ।

    प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलको प्रस्तावमा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चलाउन माग गरेपछि मलको विषयमा छलफल चल्दा–चल्दै बिभागीय मन्त्री महेन्द्रराय यादव भने संसदमै निदाएका छन् ।

    प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।

    आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो । सोही विषयमा छलफल हुँदै गर्दा र सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend