काठमाडौं । नेकपा(एमाले)की सांसद गंगा चौधरी सत्गौवाले भारतीय सिमाबाट मल ल्याउने किसानलाई ज्यादती नगर्न सरकारलाई आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले मल दिन नसक्ने सरकारले सिमानाबाट मलको पोको ल्याउने किसानलाई लाठि नलगाउन निर्देशन दिनुपर्ने बताईन् ।
उनले व्यापारीहरुले कमिशन दिएर सिमाबाटै मल भित्राउने तर आफ्नै खेतमा प्रयोग गर्न किसानले मल ल्याउँदा भने ज्यादती हुने गरेको उल्लेख गरिन् ।