logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग

    नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग

    7.5K
    Shares
    नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गरेका हुन् ।

    उनले कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर रहेको कुरा राख्न माग गरे । उनले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्यंग्य गरे ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend