logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सबै उपाय अवलम्वन गरेर कृषकलाई मल उपलव्ध गराउन सभामुखको रुलिङ

    सबै उपाय अवलम्वन गरेर कृषकलाई मल उपलव्ध गराउन सभामुखको रुलिङ

    2.1K
    Shares

    काठमाडौं । कृषकलाई समयमै सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सभामुखले रुलिङ गरेका छन् ।
    सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गर्दै सो रुलिङ गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो ।

    जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए । त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिएका थिए । उक्त जवाफ समेतका आधारमा समान किसिमको धारणा आएकोले सभामुखले विशेष प्रस्ताव पेश गरेका हुन् । पारित विशेष प्रस्तावमा सम्भाव्य सवै विकल्प अपनाएर किसानलाई सहज रुपमा मल उपलव्ध गराउन भनिएको छ ।

    विशेष प्रस्ताव :
    ‘रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend