logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    3K
    Shares
    बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

    उनका अनुसार मंगलबारको बैठकमा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७÷०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।

    त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७९÷०८० पेश गर्नेछन्।

    बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९०८० को बजेट असार १ गते ल्याउने तयारी गरेको छ । भोलि अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक गरिने छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले सरकारको विनियोजन विधेयक, खर्च र आम्दानीको क्षेत्र, राजस्व नीति प्रस्तुत गर्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend