logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको छ, यो छिट्टै उपलब्ध गराउँछाैँ: कृषिमन्त्री यादव

    किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको छ, यो छिट्टै उपलब्ध गराउँछाैँ: कृषिमन्त्री यादव

    2.6K
    Shares
    किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको छ, यो छिट्टै उपलब्ध गराउँछाैँ: कृषिमन्त्री यादव

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको बताएका छन् । हालसम्म पाँच लाख किसानलाई पेन्सन दिनका लागि सूचिकृत भईरहेको उल्लेख गर्दै उनले उनीहरुलाई छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    मन्त्री यावदले भने, ‘हालसम्म करिव ५ लाख किसान पेन्सनका लागि सूचिकृत भईसकेका छन । बजेट वक्तव्यमा उल्लेख भए बमोजिम किसान पेन्सनका लागि कोषको व्यवस्थापनको सन्दर्भमा अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग परामर्श र ठोस कार्ययोजना बनाई कार्यान्वयनमा लगिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । किसान सूचिकरणमा भूमिहीन कृषक र कृषि मजदुरहरुको पनि सूचिकरण गर्ने, त्यस्ता किसानहरुलाई पनि राज्यले उपलब्ध गराउने कृषक सुरक्षा कार्यक्रममा सहभागी गराईने पनि यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

    मन्त्री यादवले भूमिहीन कृषक र कृषि मजदुरहरुलाई कृषक सुरक्षा कार्यक्रममा सहभागी गराईने पनि बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend