logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

    आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

    3.7K
    Shares
    आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

     

    काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।

    उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

    उनले भने, ‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।’

    उनले निर्वाचन आयोग, नेपालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्ने बताए । प्रवक्ता पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने स्म्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्न लागेको बताए । उनले हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे ।

    प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटी सच्याउन सक्नेछन् । कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनैपनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकार) ले छानबिन गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्न सक्ने व्यवस्था गरेको पनि बताए । प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने, निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउन सक्ने, कुनै मतदाताले आफ्नो नाम रहेको मतदाता स्थलबाट पायक पर्ने सोही वडाको मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गर्न सक्ने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिए त्यस्तो निवेदन प्रमाण कागजात हेरी प्रमाण पुगेको आधारमा सम्बन्धित नाम दर्ता अधिकारी निर्वाचन अधिकारीले नामावली अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै आयोगले मिति २०७३/१०/२० भन्दाअघि दर्ता भइ नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेको व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारिपाउन निजको मतदाता नामावलीको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउने, कुनै मतदाताको मृत्यु भएको वा नागकिरता त्याग गरेको वा विवाह वा बसाईसराई गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानून बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा ७ दिनको समय दिई सूचना पास गर्ने व्यवस्था मिलाउने, यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेस भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयमा नामावली अध्यावधिक गर्ने पनि निर्णय गरेको छ ।

    प्रवक्ता पौडेलले दोहोरो दर्ता नहुनेतर्फ सचेत हुँदै नाम दर्ता हुने व्यवस्था मिलाउने र कुनै मतदातले दोहोरो नाम परेको भनि हटाउन निवेदन दिएमा जिल्ला भित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रुजू गरी अघिल्लो दर्तालाई हटाई पछिल्लोपटक दर्ता भएको सन्दर्भमा मतदाता नामावलीमा कायम गरिदिने, तथा फरक जिल्लाको हकमा आयोगमा लेखि पठाउने निर्णय भएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend