logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • राति ११ बजे बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

    राति ११ बजे बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

    2.1K
    Shares
    राति ११ बजे बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

    दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई मंगलबार राती ११ बजे लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाउन दबाब आएपछि उनलाई बुटवल पठाइएको बताइएको छ । प्रहरीले भने कानुन सम्मत र प्रक्रिया पुर्याएर छोडेको बताएको छ ।

    दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेपछि प्रहरीले विमलाकुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

    राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ । पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend