logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसदमा गंगा चौधरीले जोडदार उठाएको माग संबोधन

    संसदमा गंगा चौधरीले जोडदार उठाएको माग संबोधन

    2.5K
    Shares
    संसदमा गंगा चौधरीले जोडदार उठाएको माग संबोधन

    काठमाडौं । संसदमा सांसद गंगा चौधरीले जोडदार उठाएको माग संबोधन भएको छ । केहि दिन अघि सांसद चौधरीले विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्ने बताएकी थिईन् ।

    उनले भनेकी थिईन्, ‘विवाहसम्बन्धी २० वर्षे उमेर हद पनि घटाउनुपर्छ । १३ वर्षका नानीहरूले पनि बच्चा जन्माइसकेका छन् । त्यो अवस्थालाई हेरेर पनि हामीले कानुन निर्माण गर्नुपर्छ ।’

    उनले महिलाहरुको पीडा सुन्ने राष्ट्रिय महिला आयोग भएजस्तै पुरुषको पीडा सुन्ने निकाय हुनुपर्नेमा समेत जोड दिएकी थिईन् ।

    बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए ।

    ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजायँ भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend