logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • मंकीपक्स संक्रमणको केन्द्र बन्दै युरोप

    मंकीपक्स संक्रमणको केन्द्र बन्दै युरोप

    2.7K
    Shares

    लन्डन । युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ ।

    पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् ।

    अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ  । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन् ।

    ‘यस प्रकोपको परिमाणले वास्तविक जोखिम निम्त्याउँछ । भाइरस जति लामो समयसम्म फैलिन्छ, त्यति नै यसको पहुँच विस्तार हुनेछ’, युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend